पछिल्लो सयम नेपालमा विदेशी पर्यटकको आगमन उत्साहप्रदा भएको भन्दै प्रसंसा गरिरहेका छन्। उच्च पर्यटक आगमनले मुलुकको आर्थिक बृद्धिमै योगदान पु¥याउने विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुको अनुमान पनि रहेको छ।
यद्यपी यही अवधिमा त्यसरी आउने पर्यटकले गर्ने खर्च भने त्यसैगरी बढ्न सकेको छैन। बरु उल्टो घु्म्न भन्दै विदेश जाने नोपालीहरुको यही अवधिमा खर्च अत्याधिक बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार यो वर्षको साउनदेखि फागुन मसान्तसम्म विदेशीले नेपालमा ४७ अर्ब ५८ करोड नेपाली रुपैयाँ बराबरको अमेरिकी डलर खर्चिएका छन्। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा जम्मा ९ प्रतिशतलेमात्र बढी हो। डलर महंगो हुँदा त्यसको प्रभाव नेपाली मुद्रामा आया बढेको देखिएपनि वास्तविक आयामा भने खासै भिन्नता आएको छैन।
तर विदेशीले नेपालमा खर्च नगरेपनि नेपालीहरु पर्यटक बनेर विश्वका विभिन्न मुलुक जाँदा यही अवधिमा ६१ अर्ब खर्चिएका छन्। राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा नेपालीहरुले ६१ अर्ब ४९ करोड रुपैयाँ बराबरको अमेरिकी डलर बाहिर लिएका छन्। सरकारले यसरी घुम्न जाने नेपालीहरुलाई प्रतिव्यक्ती १५ सय डलरमात्र दिने नियम ल्याएको छ। यो अवधिमो अध्ययनका लागि भन्दै नेपालीहरुले ३२ अर्ब १७ करोड खर्चिएका छन्।