केएल दुगड समूहले ज्ञान ब्राण्डको नयाँ उत्पादन चनाको सातु बजारमा ल्याएको छ।
गर्मीको समयलाई मध्यनजर गर्दै सातु बजारमा ल्याएको कम्पनीले जनाएको छ।सातु ५०० ग्रामको प्याकमा उपलब्ध छ ।
कम्पनीका अनुसार ज्ञान चनाको सातु उत्कृष्ट गुणस्तरको चनाबाट अत्याधुनिक मेसिनद्वारा भुटेर, पिसेर मेटालिक प्याकेटमा प्याक गरिएको छ।
बिभिन्न भेराइटी बनाएर खानसकिने यो सातु पेट र पाचनको लागी राम्रो आहार भएको कम्पनीको दाबी छ।