काठामाडौंको दरबारमार्गमा रहेको द मिलानो इटालियनका शो रुमबाट सामाग्रीहरु खरिद गर्दा लाइफ टाइम वारेन्टी पाइने भएको छ।
५ वर्ष अघि संचालनमा आएको द मिलानो इटालियन शो रुममा लेडिज ब्याग, कम्युटर ब्याग, लगेज, वालेट, बेल्ट, पासपोर्ट होल्डर, मेक अप किट लगायतका सामानहरु पाइन्छ।
सबै सामानहरु इटालियन ओर्जिनल छालाबाट बनेको र ती सामानहरु खरिदमा लाइफ टाइम वारेन्टी भएको शो रुमका स्टोर म्यानेजर माजित मुनिरले जानकारी दिए। नेपालमा अन्य कुनै ब्राण्डहरुले लाइफ टाइम वारेन्टी दिने गरेका छैनन् ।
इटालियन प्रख्यात ब्राण्ड द मिलानो इटालियनका सबै सामानहरु इटलीबाट नै आउने गर्दछन् ।
पछिल्लो समय भारतमा द मिलानो इटालियनले कारखाना खोलेर कच्चा पदार्थ मगाइ त्यही उत्पादन गरिरहेको छ।
'द मिलानो इटालियनका सामानहरु ग्राहकलाई महँगो लाग्न सक्छ,' स्टोर म्यानेजर मुनिरले भने,'क्वालिटी र डिजाइन हेर्ने वित्तिकै पैसा खर्चन ग्राहकहरुले कन्जुस्याँइ गर्दैनन् ।'
द मिलानो इटालियनको वेस्ट सेलर लेडिज ब्याग हो। १४ हजार देखि ३० हजारसम्ममा द मिलानो इटालियनको ब्याग पाइन्छ।
स्टोर म्यानेजर मुनिरका अनुसार यस ब्राण्डको नेपालमा कुनै ब्राण्डसँग प्रतिष्प्रर्धा नै छैन। द मिलानो इटालियनको सिस्टर ब्राण्ड रोसो ब्रुनेलो हो।
रोसो ब्रुनेलो जुत्ताको प्रसिद्ध ब्राण्ड हो।
फर्मल र इनफर्मल पोशाकका लागि महिला र पुरुष दुवैका लागि पछिल्लो समय ग्राहकहरुले यो ब्राण्डको जुत्ता मन पराउन थालेको स्टोर म्यानेजर मुनिरले बताए।
विश्वकै सबैभन्दा राम्रो र नरम छालाबाट जुत्ता बन्ने हुदाँ यस ब्राण्डका जुत्ता निकै आकर्षक देखिने उनले दाबी गरे। बजारमा यस ब्राण्डका जुत्ताको सुरुवाति मुल्य १२ हजार हो भने अन्तिम मुल्य २७ हजारसम्म पर्छ।
दुवै ब्राण्ड नेपालको आरपी समूहले भित्र्याएको हो। आरपी समूहले नेपालमा अहिलेसम्म २१ वटा विदेशी ब्राण्ड नेपाल भित्र्याइसकेको छ।