कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्नो उत्पादन स्प्राईटको “स्प्राईट डबल डोज, रिफ्रेस पनि रिचार्ज पनि” नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । यो अफरमा ग्राहकहरुले कोका–कोला ब्राण्डका स्प्राईट, कोका–कोला, फान्टा लेमन, फान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल (आरजीबी) किनेर सहभागी हुन सक्नेछन् ।
ग्राहकहरुले स्प्राईट खाएर रिफ्रेस हुनुका साथै आफ्नो फोनमा रिचार्ज गर्न पनि सक्ने कम्पनीले बताएको छ। अफरमा प्रोमोस्नल क्रियाकलाप, ग्राउन्ड एक्टीभेसनका साथै राष्ट्रिय दैनिक पत्रिका र अनलाइनमा विजेताहरुको नाम घोषणा गरिने कम्पनीले जानकारी दिएको छ ।
अफरमा सहभागी हुन ग्राहकहरुले बिर्कोको तल्लो भागमा रहेको ८ अंकको युनिक कोड ३६७६८ -"UNIQUE CODE" and SMS it to 36768) मा एसएमएस गर्नुपर्नेछ । उक्त योजना ३१ मार्च २०१९ सम्म मात्र लागू हुनेछ ।