निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले जहाज थप गर्ने भएको छ। बेशाखदेखि काठमाडौबाट भारतको कलकत्ता नियमित उडान गर्ने घोषणा गरिसकेको एयरलाइन्सले एटिआर–७२–५०० जहाज थप गर्ने घोषणा गरेको हो।
हाल भारतको बानारससहित स्वदेशका विभिन्न गन्तव्यमा उडान नियमित गरिरहेको एयरलाइन्सले ७२ सिट क्षमताको जहाज थप गर्ने भएको हो।
फ्रान्सबाटै आउने उक्त जहाज मार्चको पहिलो साता काठमाडौं आउने छ।
हाल एयरलाइन्सले २ वटा बिचक्राफ्ट, एटिआर४२ सिरिजका ३ र एटिआर ७२ सिरिजका ६ जहाजबाट उडान गरिरहेको छ। जहाज थप भएसँगै बुद्धसँग १२ जहाज हुनेछन्।