एनसेलले ४०० भन्दा बढी महिलाहरुलाई आफ्नो रिचार्ज कार्डको खुद्रा बिक्रेता बन्ने अवसर प्रदान गर्न बेलायत सरकारको सहयोगमा कार्यान्वयन भएको ग्रामीण पहुँच कार्यक्रम कनेक्टसँग सम्झौता गरेको छ।
एनसेलका चिफ कमर्सियल अफिसर एण्डी चोङ्गले यस्तो अवसर दिलाउन पाएकोमा खुसी भएको बताए।
“ग्रामीण पहुँच कार्यक्रमसँग साझेदारी गरी प्रदेश ६ र ७ का ग्रामीण भेगका महिलाहरुलाई आय आर्जनको अवसर प्रदान गर्न पाउँदा हामी निकै नै खुसि छांै स्थानिय समुदायको लागि दिगो व्व्यवसायको अवसरहरु सृजना गर्ने हाम्रो प्रतिवद्धता अनुसार यो साझेदारी भएको छ” उनले भने।
यस सम्झौताले ग्रामीण पहुँच कार्यक्रम कनेक्टसँग आबद्द भएका ४०० उद्यमी महिलाहरुलाई फाइदा पुग्ने एनसेललको विश्वास रहेको छ। महिलाहरुले एनसेल कम्पनीको खुद्रा बिक्रि प्रतिनिधि भएर रिचार्ज कार्ड बेच्ने छन्।
यसले महिलाहरुलाई दिगो आम्दानीको स्रोत सुरक्षित गर्न मद्दत गर्नुका साथै उनीहरुलाई आफ्नो व्व्यवसाय बढाउदै भविष्यमा ई—चार्ज र सिम कार्ड बेच्न सक्षम बनाउने एनसेलको लक्ष्य छ।
यस समझदारीसँगै, प्रदेश नं ६ र ७ का ग्रामीण महिलाहरुलाई सशक्तिकरण गरी आत्मनिर्भर बनाउन ग्रामीण पहुँच कार्यक्रम कनेक्ट, युनिलिभर नेपाल लिमिटेड, बोटलर्स नेपाल लिमिटेड र प्रभु बैंक लिमिटेडबीच कायम रहेको साझेदारीमा एनसेल पनि सामेल भएको छ ।
‘हाम्री दिदी’ युनिलिभर नेपाल लिमिटेडले ग्रामीण स्तरमा आफ्ना उत्पादनहरु सिधै उपभोक्तालाई बिक्रि गर्नका लागि सृजना गरेको संजाल हो जसले स्थानिय र आयस्तर न्यून भएका महिलाहरुलाई सहभागी गराई उद्यमी बनाउँदछ र स्थानीय स्तरमा सकारात्मक परिवर्तन गर्न मद्दत गर्ने लक्ष्य रहेको छ।