चालु आर्थिक वर्षको पाँच महिनामा अघिल्लो वर्षको तुलनामा नेपालमा विदेशी लगानी ३९ प्रतिशतले कमी आएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि मंसिरसम्म नेपालमा कूल ६ अर्ब ७८ करोड रुपैयाँ बराबरको बिदेशी लगानी आएको छ। अघिल्लो वर्षको यही अवधिमा ११ अर्ब १२ करोड रुपैयाँ बराबरको लगानी नेपाल भित्रिएको थियो।
विदेशी लगानीको प्रतिबद्धता धेरै आएपनि वास्तविकरुपमा आउने लगानीको अनुपात भने धेरै न्यून हुँदै आएको छ।
नेपाल कुनै पनि विदेशी कम्पनीले लगानी गर्दा राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था छ। यद्यपी सो व्यवस्था विरुद्ध कतिपय व्यवसायीले अनुमति नलिइइ ल्याउने गरेको पाइन्छ।
यसरी जानकारी वा अनुमति नलिइ विदेशी लगानी नेपाल ल्याउँदा पछि प्रतिफल लिन नपाइने राष्ट्र बैंकका अधिकारीहरुले जानकारी दिएका छन्।
नेपलामा सन् २०१६ सम्म कूल १ खर्ब ५१ अर्ब रुपैयाँ बराबरको बैदेशिक लगानी भएको छ। नेपाल राष्ट्र बैंकले गरेको वैदेशिक लगानी सर्भे अनुसार २५२ फार्ममा चुक्ता पूँजी भने एक तिहाईमात्र रहेको छ।
राष्ट्र बैंककाअनुसार ३७ कम्पनीमात्र उत्पादनमुलक छन् भने बाँकी सबै सेवा, व्यापारमा छन्। त्यसमा ११ फार्मले निर्यात गर्छन्।
निर्यात गर्ने कम्पनीमा ३ वटा उपभोग्य वस्तुको उत्पादन र ८ वटाले औद्योगिक वस्तु उत्पादन गर्ने गरेको थापाले जानकारी दिए।
त्यस्तो लगानीको रिजर्भ रकम नेपालमै लगानी हुन्छ वा फेरि विदेश जान्छ भन्ने कुराको कुनै ग्यारेन्टी नभएको उनले प्रष्ट पारे।