काठमाडौं, माघ ५
दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन शनिबार हुने भएको छ।
भारतीय दूतावास काठमाडौंले क्लाँक वी विजनेस इन्नोभेसनसँगको सहकार्यमा शनिबार राजधानीमा सम्मेलन गर्न लागेको हो।
सम्मेलनले नेपाल तथा भारतका उद्यमी, लगानीकर्ता, प्रवर्धक तथा व्यवसायीक सल्लाहकारहरुको ध्यान आकृष्ट गर्ने दाबी गरेको छ।
भारतबाट पाँच जना र नेपालबाट १५ जना भन्दाबढी प्रमुख कार्यकारी अधिकृतको सहभागी हुने कार्यक्रममा लगानीकर्ताहरुले सम्बोधन गर्नेछन्।
भारतका विक्रान्त गुजनानी– संस्थापक (ट्रान्स एसिया भेन्चर र यू फसर्ट भेन्चर), आदित्य घोष–प्रमुख कार्यकारी निर्देशक ओयो, वरुण सर्राफ, उद्यम कल्याणकारी र सुश्री थ्रीजा दोउ, प्रबन्धकलगायत हुनेछन्।
नेपालबाट रञ्जीत आचार्य, प्रमुख कार्यकारी निर्देशक(प्रिज्मा एड्भरटाइजीङ), हेमराज ढकाल, सहसंस्थापक तथा प्रबन्ध निर्देशक, आइ.एम.इ ग्रुप, नरोत्तम आचार्य कार्यकारी निर्देशक, किंग्स कलेज, सुशील पोखरेल, प्रमुख कार्यकारी निर्देशक, सुष्मिता ग्रुप, सुश्री सन्तोषी राना– संस्थापक, विहानी सामाजीक भेन्चर, कुबेर चालिसे, सम्पादक कारोबार दैनिक र असगर अली, प्रधानमन्त्रीका प्राविधिक सल्लाहकारले सम्बोधन गर्ने कार्यक्रम रहेकोछ।
काठमाडौंसहित पोखरा, विरगन्ज, चितवन र विराटनगर लगायतका सहरहरुमा गरिएका कार्यक्रम, चार महिने अभियान, दश वटा कलेजस्तरीय गतिविधि तथा ३० दिने प्रशिक्षणको माध्यमबाट भारतीय दूतावास र क्लोक वी पाँच लाख उद्यमशील व्यक्तिबाट १५ सय जनाले सम्मेलनमा भाग लिन नाम दर्ता गराएका थिए।
त्यसबाट ६ सय जना छनोट भएको आयोजकले जनाएको छ। सहभागीमध्ये १०० जनाले लगानीका लागि आफूले नयाँ व्यवसाय सुरूवात गर्ने बताएका छन्। जसबाट ५२ जनाले अडिसनसमेत दिए।
अन्तिम चरणमा एयरलिफ्ट टेक्नोलोजी, मेकर भ्याली, अफरिङ ह्यापीनेस, वाकम्यान ग्रीनक्वाइन्स र स्वदेशी इन्नोभेसन्स तथा भारतबाट अनस्कूल फ्रम इन्डिया गरीे ६वटा संस्थाहरुले आफ्ना नव व्यवसायिक सुरुआतबारे प्रस्तुती गर्नेछन् ।