सौरभ ग्रपले आफू सम्बद्ध कुनै पनि कम्पनीले विदेशबाट अवैध रुपमा लगानी नल्याएको दावी गरेको छ। आज एक कार्यक्रम आयोजना गर्दै सो ग्रुपले अध्यक्ष विष्णुप्रसाद न्यौपानेले ट्याक्स हेभन मुलुकबाट अवैध रुपमा विदेशी लगानी नल्याएको जनाएको हो।
यस ग्रुपअन्तर्गत सर्वोत्तम सिमेन्टमा हङकङस्थित कृष्णा होल्डिङ्सको ३८ प्रतिशत सेयर रहेकोमा सो कम्पनीले सम्पूर्ण सेयर अन्य नेपालीलाई बिक्री गरिसेको ग्रुपले जनाएको छ।
ग्लोबल टेक्नोलोजी एण्ड ट्रेडमार्क भन्ने कपनीसँग समूहको कुनै पनि लगानी, कारोबार, चिनजान र सम्पर्क नरहेको ग्रुपको दावी छ।
लक्ष्मी स्टिल तथा शुभश्री जगदम्बा सिमेन्टमा कर फर्छयौट आयोगबाट फर्छयौट भइसकेको कम्पनीले जनाएको छ। ठिमीस्थित १७ तले भवनमा कहि कतै वैद्य अवैद्य विदेशी लगानी नरहेको भन्दै उसले सम्बद्ध सरोकार पक्षलाई जस्तोसुकै सूचना चाहिएमा पनि उपलव्ध गराउने प्रतिबद्धता जनाएको छ।