खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसददेखि सरकारसम्म हंगामा भइरहेका नेपाल एयरलाइन्सका वाइडबडी जहाज कस्तो अवस्थामा छन्? सबैले खरिदको अनियमिततातिरमात्र ध्यान दिइरहेका बेला जहाज उडिरहेका छन् कि छैनन्?
हामीले यसबारेमा नेपाल एयरलाइन्समा सोधपुछ गर्दा जहाज आउँदा सुरुमा जस्तो अवस्थामा थिए। अर्थात् जेनतेन उडिरहेकामात्र छन्।
अथवा उडानकै लागि उडेजस्तोमात्र उडिरहेका छन्। पहिलो जहाज असार र दोस्रो साउनमा आएदेखि पुरानै गन्तव्यमा यात्रु पाएपछि उड्ने गरेका ति जहाज अहिले पनि त्यही अवस्थामा छन्। जहाज आएको सात महिना वितिसक्दा पनि जहाजले पूर्ण क्षमतामा उड्न पाएका छैनन्।
नेपाल एयरलाइन्सका साहयक प्रवक्ता नवराज कोइरालाका अनुसार अहिले दुबै वाइडबडी जहाज पुरानै गन्तव्यमा धेरै यात्रु भएपछिमात्र उडिरहेका छन्।
उनका अनुसार अहिले काठमाडौं–दोहा रुटमा एउटा जहाज दैनिक उडिरहेको छ भने अर्को जहाजले आवस्यकताअनुसार उडान गरिरहेको छ।
यसअनुसार अहिले एउटा जहाज दैनिक १० घण्टा उडेको छ भने अर्को जहाज ५÷६ घण्टामात्र उडिरहेको छ।
नेपाल एयरलाइन्सले २४ अर्ब ऋण र वार्षिक अर्बौं ब्याजको भारसहित ल्याएका दुइटा वाइडबडी जहाज अहिलेसम्म पनि पूर्ण क्षमतामा उड्न सकेका छैनन्।
काठमाडौंबाट जापान, कोरिया तथा साउदी अरेबिया सिधा उडान गर्ने भन्दै किनिएका थिए। त्यो हिसाबमा दैनिक १५ घण्टा बढी उड्नुपर्ने हुन्। अहिले नयाँदिल्ली, बैंकक र दोहामा सीमित छन्। दैनिक अाैसत ८ घण्टा पनि उडेका छन्।
एयरलाइन्सले भने लामो गन्तव्यमा उडान गर्नका लागि अहिले जापान र चीनमा काम भइरहेको बताएको छ। एयरलाइन्सका साहयक प्रवक्ता केइराइलाले यही फेब्रुवरीमा जापान र मार्चमा चीन उडान गर्ने लक्षसहित काम गरिरहेको उनले बताए।
विमानले अहिले राम्रो अकुपेन्सी पाएको कोइरालाको तर्क छ। उडानहरु भरीभराउ हुने गरेको उनले बताए।
तर उनले त्यसो भनेपनि वाइडबडी जहाजले उल्टै भार बढाइरहेको त्यहीका कर्मचारीहरुको भनाइ छ।
‘ए ३२० र ए ३३० को उडान लागतमा आकाशपाताल फरक पर्छ। यिनको क्षमता पनि फरक छ। तर दुवैले बोक्ने यात्रु संख्या उही भएपछि व्यवसायिकरुपमा नचलेकै मान्नुपर्छ’ एयरलाइन्सका एक इञ्जिनियरले भने।
अर्बौं लगानीका एयरबस ३३० ले एकातिर छोटो दूरी उडेर इन्जिनको ुलाइफ साइकलु खेर फालिरहेका छन्। अर्कोतिर बजार प्रवर्द्धन अभावमा २७५ सिट क्षमता भए पनि १५६ सिट क्षमताका एयरबस ३२० कै यात्रु बोकेर हिँडिरहेका छन्।
एयरलाइन्सले ए ३३० जहाज सबै गन्तव्यमा उडाउन सकेको छैन। जहाज आउनुअघि नै गन्तव्य टुंगो भइसक्नुपर्ने हो। चार महिना बितिसक्यो, उडान अनुमति प्रक्रिया पनि सुस्त देखिन्छ।
एयरलाइन्सले मलेसिया र दुबईमा उडान अनुमति पाएको छैन।
याे पनि