नेपाली व्यापारीहरुका लागि आयात तथा निर्यात गर्न सहज भएको छ। विशेषगरी आयात गर्दा लामो प्रक्रिया पुरा गर्नपर्दा महंगो लागत भोग्न व्यापारीका लागि इलेक्ट्रोनिक कार्गो ट्याकिङ प्रणाली (इसीटीएस) लागू भएसँगै सहज भएको हो।
इसिटिएसका लागि सन् २०१७ मा नेपाल सरकार र भारत सरकारबीच मेमोरेन्डममा हस्ताक्षर भएको थियो।
एसियाली विकास बैंकको यो परियोजना लागू गर्न ट्रान्सेकर टेलिमेटिक छनौट भएको थियो। जुन भिमसेरीया ग्रुपकोसँगको सहकार्यमा आएको थियो।
सन् २०१८ अप्रिल १८ मा कलकत्ता भंसार विभागले नेपालमा इसीटी सेवाको उद्घाटन गरेको थियो । त्यसपश्चात २५ अप्रिलमा मल्टी मोडल प्रणालीद्वारा ट्रान्जिटका लागि नयाँ मार्गको उद्घाटन गरिएको थियो। जसमा कलकताबाट आउने ट्रेनको ट्रान्जिट बटनाहामा कन्टेनरको टर्मिनल समाप्त हुन्छ।
विद्युतीय जीपिएस प्रणालीले भारतीय सीएचए र ट्रान्स्पोटरको एकाधिकारमा जोखिम निम्त्याउने भन्दै त्यसको विरोध गरेपछि कलकताको परियोजनाले सफलता पाउन सकेको छैन।
त्यसपछि एसियाली विकास बैंकको सुझावमा रुट परिमार्जन तथा यसको सफल कार्यान्वयनका लागि मार्ग प्रसस्त भएको व्यवसायीहरुले बताएका छन्।
अबदेखि भारतीय भूमीमा नेपाली व्यापरीले कुनै पनि प्रक्रियामा हस्ताक्षर गर्नुपर्ने छैन। यसअघि ३० प्रोसिडयुर र २२ हस्ताक्षर आवश्यक पर्दथ्यो। कन्टेनरहरु नेपाली भूमीमा आएपछिमात्र प्रक्रिया शुरु हुने छ।
कन्टेनरहरुको औसत आगमनमा ५० प्रतिशतले कमि गर्दै कन्टेनरहरु १० दिनमै नेपाल भित्रिन्छ ।