पश्चिम नेपालको आईएसओ सर्टिफाई प्राप्त होटल सेन्टर प्लाजाले आफ्नो शाखा विस्तार गर्ने भएको छ ।
पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल बर्दियामा होटल सेन्टर प्लाजाले आफ्नो शाखा बिस्तार गर्न लागेको हो।
बाघ हेर्नका लागि नेपालकै प्रख्यात स्थानमा पर्ने बर्दिया राष्ट्रिय निकुन्ज नजिकै होटल सेन्टर प्लाजाले शाखा विस्तार गर्न लागेको हो।
बर्दियाको ठाकुरद्धारा नगरपालिका वडा न ६ मा २ विगाहा क्षेत्रफलमा सेन्टर प्लाजाले सेन्टर प्लाजा जंगल रिर्सोट निमार्ण गर्न लागेको हो ।
महेन्द्र राजमार्गबाट ३ किलोमिटर दूरीमा राष्ट्रिय निकुन्ज सँगै २६ करोड रूपैयाको लागतमा होटल निमार्ण गर्न लागिएको सेन्टर प्लाजाका प्रबन्ध निर्देशक देव अर्यालले बताए। ‘रिर्सोटमा हुने ३६ वटा रूममध्ये ६ वटा स्वीट रूम, २० वटा डिलक्स रूम र १० वटा जनरल रुम रहने छन्,’ अर्यालले भने।
उनले २६ करोड लगानीमा आगामी १५ महिना भित्र होटल पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी निमार्ण थालिएको जानकारी दिए।
होटल पूर्णरूपमा वातावरणमैत्री हुनुका साथै जंगलमै बसेको अनुभूती हुने गरी निमार्ण गर्न लागिएको उनले जानकारी दिए।
रिर्सोटको शिलान्यास सञ्चालक समितिकी सदस्य कुशुम शर्मा अर्यालले गरेकी थिईन्।
पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मध्ये एक हो बर्दिया। बर्दियामा बाघ हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटक गरी बर्षेनी हजारौको संख्यामा आउने गर्छन्।
थारू संस्कृतिलगाएत वाईल्ड लाईफमा रूची राख्नेका लागि बर्दिया उपर्युक्त स्थान हो।
गत वर्ष मात्र यहाँ तेस्रो मुलुलका करिब बीस हजार पर्यटकले बर्दिया भ्रमण गरेका थिए।
बर्दियामा बाघ हेर्नुबाहेक जंगल सफारी, फिसिङ, र्याफ्टिङ, वर्ड वाचिङलगाएतका लागि प्रशिद्ध छ।