सिभास ब्राण्डको ‘सिभास एक्सभी स्कच्’ ह्विस्की बजारमा आएको छ।
यो १५ वर्ष पुरानो ब्लेन्डेड स्कच् व्हिस्की हो। कम्पनीका अनुसार स्यान्डीले एउटा नयाँ र खास किसिमको मिश्रण विधि ल्याएर सिभासको ऐतिहासिक शैलीलाई फलीय र मखमली स्वाद दिएर निखारेको हो। १९औं शताब्दीमा जेम्स र जोन सिभासले स्कटलाण्डमा सिभासको स्थापना गरेका हुन्।
पार्दर्शी बोतलमा राखिने यो ह्विस्कीको प्याकेजिङ्ग सुनौलो कार्टुनमा गरिएको छ। यो ह्विस्की पारखीकोलागि उत्कृष्ठ रहने कम्पनीले जनाएको छ।
सिभास एक्सभी विश्वका सबै प्रमुख विमानस्थलमा उपलब्ध छ। नेपाली बजारमा यो डिसेम्बर १, २०१८देखि उपलब्ध छ। १०० सिएलको सिभास एक्सभीको खुद्रा मूल्य १० हजार २ सय रुपैयाँ हो।