शिवम् सिमेन्टले मह सञ्चारका समुहको निर्माणाधिन सिनेमा 'दाल भात तरकारी'सँग प्रायोजन सम्झौता गरेको छ।
बिहिबार सम्झैतापत्रमा हस्ताक्षर गरिएको हो । उक्त हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका श्री सजन देवकोटाको उपस्थित थिए भने मह सञ्चारको तर्फबाट हरिवंश आर्चाय, मदनकृष्ण श्रेष्ठ, किरण केशी, सुदन के.सी, मोहितवंश आचार्य लगायत अन्य कलाकारहरुको उपस्थित थिए।
सिनेमा वैशाखमा रिलिज हुँदैछ। सिनेमामा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, किरण के.सी., शिवहरी पौडेल, राजाराम पौडेल, निरुता सिंह, प्रियंका कार्की, वर्षा रावत, आँचल शर्मा, विल्सन बिक्रिम राई, रविन तामाङ, शिसिर वाङदेल लगायतको अभिनय रहेको छ।
सुदन केसी सिनेमाका निर्देशक हुन्।
पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसंग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । अतः सोही क्रमको निरन्तरता स्वरुप 'मोनोरञ्जनको मामलामा नो कम्प्रोमाइज' भन्दै शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गतेमा समेत सहकार्य गरेको शिवम् सिमेन्टले जनाएको छ।