डाबर नेपालले आफ्नो आफ्नो उत्पादन ‘हेयर आयल’ नयाँ आकर्षक प्याकमा बजारमा ल्याएको छ।
ब्राण्डलाई नयाँ स्वरुप दिन नयाँ लेवलका साथ ‘फिल्प कप’ विर्को सहितको प्याक बजारमा ल्याइएको कम्पनीले जनाएको छ।
प्राकृतिक तत्व हिस्विकस र लेमन सम्मिश्रण रहेको आयलले कपाललाई प्राकृतिक चम्किलोपना र पौष्टिकता प्रदान डावरको दावी छ। साथै कम्पनीले गायिका इन्दिरा जोशीलाई ब्राण्ड एम्बेस्डरको रुपमा अनुबन्धित गरिएको जनाएको छ।
डावरका अनुसार नयाँ प्याकमा स्पेशल अफर छ। ५० मि.लि. मा ५, १०० मि.लि.मा १० र २०० मि.लि.को प्याकमा १५ रुपैयाँको छुट दिइने कम्पनीको भनाइ छ।