भारतको एबीबी ग्रुपले नेपालका कम्पनीहरुलाई लक्षित गर्दै एकदिवसीय प्रविधि दिवस आयोजना गरेको छ। कम्पनीका उत्पादनहरुका बारेमा जानकारी दिने उद्देश्यसहित उक्त समूहले काठमाडौंको हायात होटलमा उक्त कार्यक्रम आयोजना गरेको हो।
उर्जा, यातायात र अन्य क्षेत्रमा मेशिनरी र प्रविधि बनाउँदै आएको उक्त कम्पनीले नेपाली व्यवसायी लक्षित उक्त कार्यक्रमसँगै नेपालमा व्यापार बढाउने घोषणा पनि गरेको छ। कम्पनीले नेपालमा ८० प्रतिशतले बढी उपयोगिता बढाउने प्रविधि उपलब्ध गराउने बताएको छ।नेपालका सिमेन्ट उद्योग र सौर्य उर्जा प्रणालीमा नयाँ प्रविधि उपलब्ध गराएर उत्पादकत्व बढाउन सहयोग गर्ने कम्पनीले घोषणा गरेको छ।
पावर ग्रिड्स, एलेकट्रीफीकेसन प्रोडक्ट्स, इन्ड्रसट्रीयल अटोमेसन र रोबोटीक्सको क्षेत्रमा काम गरिरहेको कम्पनीले अयाोजना गरेको उक्त कार्यशालामा नेपाली कम्पनीहरुले एबीबी का बिशेषज्ञहरुसँग जानकारी लिएका छन्।
कम्पनीका बजार प्रबन्धक कर्थिक कृष्णमुर्थीले नेपाल विकासको चरणमा रहेकोले आधुनिक प्रविधिको खाँचो रहेको र यसमा कम्पनी सहयोग गर्न तयार रहेको बताए। नेपालमा अहिले निर्माण र औद्योगिककरणको प्ररारम्भीक चरणमा रहेको र यसमा आफ्नो कम्पनीको प्रविधि उपयोगी हुने उनको धारणा छ।
‘विश्वमा सफल भइरहेको प्रविधि नेपालका लागि पनि उपयुक्त हुन्छ हाम्रा उत्पादनबाट नेपालका कम्पनी र सरकारले फाइदा लिनसक्छन्’ उनले भने।