नर्भिक इन्टरनेशनल हस्पिटल ले विजिनेश एक्सलेन्स इन हेल्थ केयर अन्तर्राष्ट्रिय अवार्ड पाएको छ।
अमेरिकाको चेम्बर अफ कमर्सकाे निकाय वर्ल्ड कन्फिडेरेशन अफ बिजनेसले दिने उक्त बिज सम्मान नर्भिकले पाएको हो।
काठमाडौंमा आयोजित उक्त सम्मान समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नर्भिकककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यलाई अर्पण गरेका थिए।
सन् २००४ मा अमेरिकाको टेक्सासमा स्थापित दि वल्र्डकबको मुख्य उद्देश्य नै बिश्वव्यापी रुपमा मूल्य र मान्यतामा आधारीत व्यवसायहरुको प्रबद्र्धन गर्नु, तिनको पहिचान, सम्मान एवम् अगुवा व्यवसाय तथा व्यवसायिक व्यक्तित्वहरुको साख अभिवृद्विमा सहयोग पु¥याउनु रहेको छ । विश्वका १२० भन्दा बढी राष्ट्रहरुमा दि वल्र्डकबका ३,००० भन्दा बढी सदस्य प्रतिष्ठान्हरुको सञ्जाल रहेको छ ।