नेपालको हवाई सेवा प्रदायक यति एयरलाइन्सले सयुक्त राष्ट्र संघको टोलीलाई स्वागत गरेको छ।
नेपाल भ्रमणमा आएकी उपमहासचिव अमिना जेन मोहम्मद लगायत नेपालस्थित आवासीय प्रतिनिधिसहितको टोलीलाई एयरलाइन्सले स्वागत गरेको जानकारी दिएको छ।
उक्त टोलीलाइ एयरलाइन्सको महिला उडान समूह(क्रू टिम) ले स्वागत गरेको थियो। एसडीजी अभियानकाे साझेदर रहेकाे एयरलाइन्सले लैंगिक समानताप्रति कटिबद्ध रहेकाे जनाएकाे छ।