विभिन्न विधामा सबैभन्दा बढी कर तिर्ने व्यक्ति र कम्पनीलाई सरकारले सम्मान गरेको छ।
गएको वर्ष व्यापार, व्यवसाय बापत धेरै कर तिर्नेहरूलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको हो।
सातौं राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा धेरै आयकर तिरेर सिप्रदी ट्रेडिङका सभापति सिद्धार्थ शमशेर जबरा सम्मानित भएका छन्। उनलाई अर्थमन्त्रीले डा युवराज खतिवडाले सम्मान गरे।
त्यस्तै, कम्पनीतर्फ सूर्य नेपाल सम्मानित भएको छ । यस्तै मूल्य अभिवृद्धि कर तिर्नेमा घोराही सिमेन्ट सम्मानित भएको छ।
विभागले विभिन्न १५ विधामा बढी कर तिर्नेलाई सम्मानित गरेको छ।
१५ विधामा सर्वाधिक कर तिर्नेको सूची यस्तो छः
सबैभन्दा बढी आयकर तिर्ने
सूर्य नेपाल
निर्यात गर्नेमा सबैभन्दा बढी आयकर तिर्ने
डाबर नेपाल
उद्योगबाट
हिमाल पावर
कृषि
प्रो वायोटेक प्राली(निम्बस)
सहकारी र लघुवित्त
छिमेक लघुवित्त कम्पनी
बैंक तथा वित्तीय संस्था
नविल बैंक
बीमा
नेपाल पुनर्बीमा कम्पनी
स्वास्थ्य शिक्षा
नोवल मेडिकल कलेज तथा शिक्षण अस्पताल
सूचना प्रविधि
एफ वान सफ्ट
पर्यटन
तारागाउँ रिजेन्सी (हायात होटल)
व्यापार
सिप्रदी ट्रेडिङ
वार्षिक ४० करोडको कारोबार गर्ने
नेपाल इन्भेष्टमेन्ट प्रालि
४० देखि ८० करोड कारोबार गर्नेबाट
धितोपत्र बोर्ड
व्यक्तिगत तर्फ
सिद्धार्थ शमशेर जबरा
२०७३/०७४ सम्म विवरण बुझाएर।सबैभन्दा बढी मूल्यअभिवृद्धि कर तिर्ने
घोराही सिमेन्ट