इथोपियन एयरलाइन्सले नेपालमा कार्गो एजेन्ट नियुक्त गरेको छ।
अफ्रिकाको अग्रणी एयरलाइन्सले नेपालका लागि नेपाल सिपिङ एन्ड एयर लजिस्टिक प्रालीलाई कार्गो सेल्स एजेन्टका रुपमा नियुक्तक गरेको छ।
एयरलाइन्सले नेपाली बजारमा अाउन पनि इच्छा देखाएकाे छ। उसले नेपाल एयरलाइन्ससँग सहकार्य गर्ने प्रस्ताव पनि सरकारमार्फत् अघि बढाएकाे छ।
नेपाल एयरलाइन्समा सेयरसहित साझेदारकाे रुपमा भित्रिन चाहेकाे छ।