पछिल्लो समयमा मादलको कारोबारमा निकै कमी आएको छ। गत वर्ष झण्डै डेढ सयसम्म मादल बिक्री भएको तर अहिले भने त्यसको तुलनामा निकै कम भएको छ ।
यो वर्ष हालसम्म १५,१६ वटा मात्र मादल बिक्री भएको रेसुङ्गा नगरपालिका–१ तम्घास बजारका मादल व्यवसायी डिलबहादुर नेपालीले जानकारी दिए।
नेपालीले भने, “नयाँ मादल त निकै कम मात्रामा बिक्री भयो, पुराना १२,१३ वटासम्म मादल मर्मतसम्भारका लागि आइका छन् । मादल व्यवसाय गरेर दैनिकी चलाउन धौधौ छ ।” नेपालीले पुरानो बाजा संस्कृति छोड्दै पछिल्ला केही वर्षयता आधुनिक बाजातर्फ मानिस अग्रसर हुन थालेपछि आफूले बनाएका मादल बिक्री वितरण निकै कम हुँदै गएको बताए।
बागलुङ गल्कोटदेखि मादल व्यवसाय गर्न गुल्मी आएका नेपालीले पाँच वर्षयता निरन्तररूपमा सदरमुकाम तम्घासबजारमा गोल्कोटे मादल पसलको नामबाट व्यावसायिक रूपमा मादल व्यवसाय गर्दै आएको छ । (तस्वीर उपलब्ध छ)