फुटपाथमा विछ्याउका लागि पानी सोस्ने ब्लक अबदेखि नेपालमै उत्पादन हुने भएको छ। गोर्खा इको प्यानल अन्तगर्तको गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले भक्तपुरमै पहिलो पटक यस्तो व्लकको उत्पादन थाल्न लागेको जानकारी दिएको छ।
हाल पेटी तथा खुला कम्पाण्डहरुमा प्रयोग भइराखेका ब्लकले पानी सोस्ने क्षमता नराख्ने र त्यस्तो अवस्थामा कापबाट निश्चित मात्रामा मात्रै पानी सोसेर जमिनमुनि जाने गर्दछ।
उत्पादन गर्न लागिएको यो व्लकले आकाशे पानीलाई पूरै सहतबाटै आफैंले पानी सोसेर सिधै जमिनमुनि पठाउने क्षमता राख्ने कम्पनीको दावी रहेको छ।
गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत ईन्जिनियर राजन दुवालले दुई महिनाभित्र उत्पादन थाल्ने योजना रहेको बताए। यसका लागि चीनबाट अध्याधुनिक मेशिन हिडिसकेको पनि उनले जानकारी दिए।
नेपालमा पानी सोस्ने व्लक उत्पादन हुन लागेको यो पहिलो कम्पनी भएको उनको दावी छ । ईन्जिनियर दुवालले भने, ‘चीनको विभिन्न सहरहरुमा घुमेर यसको प्रयोग भएका ठाउँंहरुको अध्ययनपश्चात त्यहाँंका विशेषज्ञहरुसँंग छलफल गरी नेपालको माटो सुहाउदो यो प्रविधि नेपालमा भित्राउन लागेका हौ ।’
व्लक स्वदेशमै उपलव्ध वालुवा, सिमेन्ट, गिटी र विशेष प्रकारको केमिकल मिसाई बनाइने जनाइएको छ । यसको उत्पादन आवश्यकता अनुसार फरकफरक आकार र रंगहरुमा पाइने जनाइएको छ । व्लक आवश्यकता अनुसार ६० एमएमदेखि एक सय एमएमसम्ममा पाइने कम्पनीले जनाएको छ ।
प्रत्येक वर्ष एउटाएउटा नयाँं उत्पादन सुरु गर्ने योजना अनुसार यस वर्ष यस्तो व्लक उत्पादन गर्न लागेको गोर्खा इको प्यानलका प्रमख कार्यकारी अधिकृत ईन्जिनियर कृष्णभक्त दुवालले जानकारी दिए।