गएको वर्ष विदेशबाट १२ खर्ब ४५ रुपैयाँका वस्तु आयात भए। नेपालको वैदेशिक व्यापारमा निर्यात र आयतबीचको खाडल बढुदै जाँदा व्यापार घाटा बढीरहेको छ।
यसरी बढीरहेको खाडलको कारण मुलुकको चालु खाता घाटामा गइरहेको छ भने अर्कोतिर विदेशी मुद्राको संचितीमा पनि यसले खसर पारिरहेको छ।
स्वस्थ अर्थतन्त्रका लागि बाधक मानिने यस्तो प्रवृत्ति निरन्तर बढीरहेको छ।
नेपालमा सबैभन्दा बढी मूल्यको कुन वस्तु आयात हुन्छ? केही वस्तुहरु निरन्तर सबैभन्दा बढी मूल्यका आयात भइरहेका छन्।
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले प्रकाशित गरेको तथ्यांकअनुसार गएको वर्ष पनि सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ। भारतबाट आयात हुने यो वस्तु कूल १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँको छ।
अघिल्लो वर्षको भन्दा ४१ प्रतिशत बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो। पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढीरहँदा त्यसको प्रभाव नेपालको आयात मूल्यमा केही परेको अधिकारीहरुको भनाइ छ।
त्यस्तै दोस्रो बढी रुपैयाँको आयात हुने वस्तुमा फलाम, स्टिल रहेका छन्। फला तथा स्टिलजन्य वस्तु्को आयात गएको वर्ष १ खर्ब ४० अर्ब रुपैयाँको भएको छ। अघिल्लो वर्षको तुलनामा यो रुपैयाँ ३५ प्रतिशतले बढी हो।
तेस्रो बढी रुपैयाँको आयात हुने वस्तुमा मेसिनरी तथा पाटपुर्जा रहेका छन्। कारखानादेखि जलविद्युत आयोजनासम्मका लागि चाहिने यस्ता मेसिनरी आायत गएको वर्ष १ खर्ब २४ अर्ब रुपैयाँको आयात भएको केन्द्रले जानकारी दिएको छ।यो अघिल्लो वर्षको तुलनामा ५२ प्रतिशतले बढी हो। पुँजीगत वस्तुको रुपमा लिइने यस्तो आयातलाई अर्थतन्त्रका लागि दीर्घकालिनरुपमा सकारात्मकरुपमा लिनुपर्ने अर्थशास्त्रीहरुको मत रहँदै आएको छ।
त्यस्तै अर्को धेरै रुपैयाँ खर्च गरेर नेपाल भित्रिने वस्तुमा यातायातका साधन पर्छन्। अघिल्लो वर्ष यस्तो आयात ८६ अर्ब रुपैयाँको भएको छ। अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले बढेको छ।
विद्युतीय सामग्रीहरु पनि बढी अायात हुनेमा पर्छ। ४५ अर्बकाे अायात भएकाे केन्द्रकाे तथ्यांक रहेकाे छ। माेबाइल, टिभीहरु यही वर्गमा पर्छन्।