यतिबेला राजधानीका चोकचोकमा दसैँका लागि सर्वसाधारणको किनमेल चहलपहल बढेको छ।
खासगरी भृकुटीमण्डप, न्यूरोड, महाबौद्ध, नयाँ बसपार्क, नयाँ बानेश्वर, कोटेश्वर लगायतका क्षेत्रमा किनमेल गर्नका लागि सर्वसाधारणको भीड देखिएको छ। ति क्षेत्रका सडक पेटीमा हिँड्न समेत मुश्किल पर्ने गरेको छ।
दसैँमा नयाँ कपडा लगाई टिका तथा आशिर्वाद लिने चलन छ। जसले गर्दा लत्ताकपडाको बिक्री यतिबेला बढेको व्यवसायीहरु बताउँछन्।
तस्वीरः निशा भण्डारी/सेतोपाटी