गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय वीरगञ्जले आज बारामा सञ्चालित दुई वटा पेट्रोल पम्पमा सिल गरेको छ।
कलैया उपमहानगरपालिका वडा नं १ स्थित अमित आयल स्टोर र कलैया उपमहानगरपालिका वडा नं १३ स्थित विजय आयल स्टोरमा सिल गरिएको क्षेत्रीय कार्यालयका प्रमुख शशिकान्त यादवले जानकारी दिए।
अमित आयलले विसं २०७१ देखि जाँच नगराएको र १० लिटर पेट्रोलमा ३०० एमएल कमी भएको तथा पल्सर, गेयरमा समेत सिल नभएको हुँदा बाध्य भई नोजल सिल गरिएको प्रमुख यादवले जानकारी दिए।
त्यसैगरी विजय आयलको डिजलमासमेत घटी भएको पाइएकाले त्यसलाई सिल गरिएको उनले बताए। के–कति कारणले तेल कमी भएको हो, त्यस सम्बन्धमा अनुसन्धान भइरहेको क्षेत्रीय प्रमुख यादवले जानकारी दिए।