सिजीले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै “यसपालीको चाडमा, सिजी लाग्यो घरघरमा” नामक नयाँ उपहार योजना ल्याएको छ ।
योजना अन्तर्गत सिजी ब्राण्डका इलेक्ट्रोनिक्स् सामानको खरिदमा १० वर्ष वारेन्टी, ३६ प्रतिशत बचत (क्यासब्याक) तथा अन्य विभिन्न पक्का उपहार दिने कम्पनीले जनाएको छ।
साथै, हरेक हप्ता सिजीकै रेफ्रिजरेटर र टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाईल्याण्ड घुम्ने अवसर पनि रहेको जनाइएको छ।
ग्राहकले सिजी ब्राण्डका टेलिभिजनको खरिदमा ३ वर्षको वारेन्टी, ३६ प्रगिशत बचत, तथा सिजी ५.१ स्पिकर, सिजी २.१ स्पिकर पाउने कम्पनीको दावी छ।
सिजी ब्राण्डका रेफ्रिजरेटरको खरिदमा ६० महिनाको वारेन्टी, २१ प्रतिशत बचत लगायत इन्टेक्स् फिटरिस्ट् वाच दिइने जनाइएको छ।
वाशिङ्ग मेशिनको खरिदमा १० वर्षको वारेन्टी, इन्टेक्स् फिटरिस्ट् वाच लगायत ५ किलोग्राम एरियल डिटरजेन्ट पाउडर प्रदान गरिने छ।
सिजीका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरुमा पक्का उपहार रहेको कम्पनीले जानकारी दिएको छ। ।
योजना असोज १० गतेबाट देशभर सिमित अवधिका लागि मात्र हुने कम्पनीले जनाएको छ।