निजी क्षेत्रको हवाई सेवा प्रदायक यति एयरलाइन्सले दशैको घटस्थापनापछिका लागि ५० प्रतिशतभन्दा बढी सिट बुकिङ भएको जानकारी दिएको छ। सँधैजस्तो तुम्लिङटार भने बुकिङ सकिएको एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भिमराज राईले जानकारी दिए।
दशैको समयमा जहाजबाट काठमाडौंबाट घर जानेहरुले अहिलेदेखि नै टिक बुकिङ गर्ने गर्छन्। सामन्यतयार पुरा भाडामा मात्र बुकिङ यो यही बेला अधिकांस क्षेत्रमा ५० देखि ६० प्रतिशत सिट बुकिङ भएको राईले जानकारी दिए।
६ वटा जेट स्ट्रिम र २ वटा एटिआर ७२ जहाजबाट उडान गरिरहको एयरलाइन्सले दैनिक ३० वटासम्म उडान गरिरहेको छ।
एयरलाइन्सले हालैमात्र ल्याएको एटिआर ७२ बाट पनि यही असोज १५ बाट उडान सुरु गर्ने तयारी गरेको छ। त्यसपछि एयरलायन्ससँग ३ वटा ७२ सिटका जहाज हुने छन्। जसले दिनमा १५ उडान गर्दा १०८० सिट उपलब्ध हुन्छन्।