तयारी चाउचाउ तथा स्न्याक्स उत्पादक यशोदा फुड्स रुपन्देहीले ‘डबल धमाका बम्पर उपहार’ योजनाको पुरस्कार हस्तान्तरण गरेको छ।
प्रथम पुरस्कार विजेता प्रदिप भट्टराईलाई सेलेरियो भिएक्सआई गाडी प्रदान गरेको आयोजकले जानकारी दिएको छ।
योजनामा कम्पनीले १ सय १ जनालाई रेफ्रिजेरेटर, ७ जनालाई १० ग्राम सुन, ३ जनालाई २० ग्राम सुन, १ थान महिन्द्रा गस्टो स्कुटर, १ थान बजाज एभेन्जर मोटरसाइकल र बम्पर धमाकामा मारुती सेलेरियो गाडी १ जनालाई लक्की ड्र मार्फत प्रदान गरेको जनाइएको छ।
कम्पनीले विक्रेतालाई ५० कार्टुन चाउचाउको खरिदमा १ थान लक्की ड्र कुपन प्रदान गरेको थियो।
सो कुपन मार्फत विभिन्न उपहार प्रदान गरेको जनाईएको छ।