सरकारले सार्वजनिक गरेको नयाँ भाडादरमा मिटरजडित ट्याक्सीको भाडा पनि बढेको छ।
मिटर राखेर प्रतिकिलोमिटरमा भाडा निर्धारण हुने यस्ता सवारीमा किलोमिटरमा ४ रुपैयाँ बढेको छ। यातायात व्यवस्था विभागले सार्वजनिक गरेको भाडादरअनुसार किलोमिटरमा ३५ रुपैयाँबाट बढेर ३९ रुपैयाँ पुगेको छ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चल्ने पर्यटक ट्याक्सीको भाडा भने फरक रहेको छ। न्यूनतम ५ किलोमिटरमा निर्धारण भएको हरियो प्लेटका ट्याक्सीको भाडा ४८१ बाट बढेर ५२
९ रुपैयाँ पुगेको छ।
५ किलोटिमरपछि पहिले प्रतिकिलोमिटर ६८ रुपैयाँ रहेको भाडा बढेर ७४ पुगेको छ भने अधितम १५२ बाट बढाएर १५७ रुपैयाँ पुगेको छ।