गैरकानुनी रूपमा विभिन्न ब्रान्डका सुर्तीजन्य पदार्थ उत्पादन तथा वितरण गरेको अभियोगमा पक्राउ परेका सन्तोष भट्ट एक करोड रूपैयाँ धरौटी बुझाएर छुटेका छन्।
तारकेश्वर नगरपालिका- ५ मा जग्गा भाडामा लिई शुभकामना सुर्ती उद्योग सञ्चालन गर्दै आएका भट्ट आन्तरिक राजस्व कार्यालयमा एक करोड बुझाएर छुटेका हुन्।
काठमाडौं प्रहरीले एक महिनाअघि उनीसहित भारतीय नागरिक जयानन्दप्रसाद चौरसिया र मुनिलाल चौरसियालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।
उनले सञ्चालन गरेको कारखानाबाट नेपाली र भारतीय ब्रान्डका पराग, सुपर लाइट, सुर्ती लगायतका पदार्थ उत्पादन गरेको भेटिएको थियो।