निजी क्षेत्रको वायुसेवा प्रदायक यति एयरलाइन्सले एटिआर जहाज ल्याएको छ। आन्तरिक उडान गरिरहेको यतिले लामो धावनमार्ग भएका विमानस्थलमा उडान गर्नेगरी एटिआर७२–५०० सिरिजको जहाज ल्याएको हो।
यही सिरिजका २ एटिआर भएको एयरलाइन्सको यो तेस्रो जहाज हो। यो जहाजको नेपाली दर्ता नम्बर(कलसाइन) ‘नाइएन–एएलएन’ रहेको छ।
यात्रु चाप र बजार व्यवस्थालाई ध्यान दिंदै उडान विस्तार गर्न जहाज ल्याउन लागिएको एयरलाइन्सका मिडिया म्यानेजर भिमराज राइले जानकारी दिए। विराटनगर, भैरहवा जस्ता मुख्य गन्तव्यमा उडान गर्न एयरलायन्सले जहाज थप गर्न लागेको जानकारी दिएको छ।
यसअघि नै यही सिरिजका २ जहाज ल्याएयर उडाइरहेको एयरलाइन्सले थप जहाजको लागि सरकारी निकायबाट अनुमति पाइसकेको र यही अगष्टभित्रै काठमाडौं ल्याइपु¥याउने जनाएको छ।
एयरलाइन्ससँग अब ६ वटा जेटस्ट्रिम र ३ एटिआर भएका छन्। एयरलायन्सले भद्रपुर,विराटनगर, जनकपुर,पोखरा, भरतपुर, भैरहवा र नेपालगंज उडान गरिरहेको छ।
दुर्गम क्षेत्रमा उडान गर्न भगिन संस्थाको रुपमा तारा एयर स्थापना गरेको यतिले तुम्लिङटार र लुक्लामा पनि उडान गरिरहेको छ।