नेपाल वायुसेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष मदन खरेलले आज आफ्नो पदभार ग्रहण गरेका छन्। आइतबारको मन्त्रिपरिषद बैठकले खरेललाई कार्यकारी अध्यक्ष नियुक्त गरेको थियो।
उक्त अवसरमा खरेलले एकीकृत प्रयासको माध्यमले निगमलाई सक्षम र सुदृढ बनाउनुपर्ने आवश्यकता औल्याउँदै त्यसमा समस्त कर्मचारीको सामुहिक प्रयास लगाउन अनुरोध गरे।
नेपाल वायुसेवा निगम सामान्य व्यापारिक संस्था मात्र नभै आधुनिक युगको जटिल प्रविधिसहितको भएकाले र यसको सूक्ष्म अध्ययन आवश्यक रहेको उले बताए। उनले सबैको भूमिका कार्यकारी भएको र यसमा विवाद नहुने उनले प्रष्ट पारे।
महाप्रवन्धक सुगतरत्न कंसाकारले नवनियुक्त कार्यकारी अध्यक्षलाई पूर्ण सहयोग गर्ने र सल्लाहकारको रुपमा मद्दत गर्ने बताए। उनले विमान थप गर्दै नेपाललाई सस्तो गन्तव्य बनाउनुपर्ने र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ बनाउन सक्रिय कार्य नीति र कार्यक्रम अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।