सरकारले स्वदेशी चीनी उद्योगलाई संरक्षण गर्न विदेशबाट आउने चिनीको कोटा निर्धारण गरेको छ। २०७५ सालका लागि विदेशबाट १ लाख ७५ हजार टनमात्र चिनी आउनेगरी कोटा निर्धारण गर्ने आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा संचार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्न भन्दै यसअघि विदेशबाट आउने चिनीको भन्सार बढाइसकेको सरकारले कोटा नै निर्धारण गरेको छ। विदेशबाट आउने चिनीसँग प्रतिस्पर्धा गर्न नसकेको भन्दै नेपालका चिनी उत्पादकहरुले उखु किसानलाई समयमै भुक्तानी दिन नसकेको बताउँदै आएका थिए।
त्यस्तै सरकारले उखु किसालाई सहुलियत दिने निर्णय पनि गरेको छ। बासकोटाका अनुसार एक क्वीन्टल उखु उत्पादन गरे बापत किसाले ६५ रुपैयाँ २८ पैसा सरकारबाट अनुदान पाउने छन।