सरकारले शंकाकै भरमा निम्बस समूहद्वारा संचालित प्रोवायोटेक उद्योगमा २४ दिनदेखि लागेकाे सरकारी ताला अाज खुलेकाे छ।
उक्त उद्योगले उत्पादन गरिरहेको तेलमा कैफियत भएको आशंकामा उद्योग मन्त्री मातृका यादवको निर्देशनमा ताला लगाइएको थियाे।
गएको साउन ५ गते विरगंजमा रहेको उक्त उद्योगमा ताला लगाए पनि कुनै कसुर प्रमाणित नभएपछि आज ताला खोलिएको छ।
निम्बस समूहले बजारमा ल्याएको उक्त तेलनमा मानव स्वास्थलाई असर गर्ने तत्व भएको भन्दै उद्योग मन्त्री यादवको निर्देशनमा जिल्ला प्रशासनले तला लगाएको थियो। ताला लगाएपनि कुन तत्वको कारणले मावन स्वास्थमा असर गर्ने हो भनेर जानकारी नदिई एकतर्फी ताल लगाएपछि उद्योगले अदालतमा मुद्दा दायर गरेको थियो।
वाणिज्य विभागले मुद्दा फिर्ता लिएपछि उद्योग खोलिदने बताएपछि कम्पनीले बिहीबार फिर्ता लिएको थियो। आज उद्योगमा लागेको ताला खुलेको उद्योगले जानकारी दिएको छ।
वस्तुमा कमजोरी भेटिए उक्त ब्याचको सामान बजारबाट झिकाउने र भएकोलाई रोक्ने परम्परा छ। तर मन्त्रीले उद्योगमा ताला लगाएको भन्दै निजी क्षेत्रले व्यापाक आलोचना भएको थियो।