निजी क्षेत्रको वायुसेवा प्रदायक यति एयरलाइन्सले थप जहाज ल्याउने भएको छ। आन्तरिक उडान गरिरहेको यतिले लामो धावनमार्ग भएका विमानस्थलमा उडान गर्नेगरी एटिआर७२–५०० सिरिजको जहाज ल्याउन लागेको हो।
यात्रु चाप र बजार व्यवस्थालाई ध्यान दिंदै उडान विस्तार गर्न जहाज ल्याउन लागिएको एयरलाइन्सका मिडिया म्यानेजर भिमराज राइले जानकारी दिए। विराटनगर, भैरहवा जस्ता मुख्य गन्तव्यमा उडान गर्न एयरलायन्सले जहाज थप गर्न लागेको जानकारी दिएको छ।
यसअघि नै यही सिरिजका २ जहाज ल्याएयर उडाइरहेको एयरलाइन्सले थप जहाजको लागि सरकारी निकायबाट अनुमति पाइसकेको र यही अगष्टभित्रै काठमाडौं ल्याइपु¥याउने जनाएको छ।
एयरलाइन्सले हाल ६ वटा जेटस्ट्रिम र २ एटिअारबाट भद्रपुर,विराटनगर, जनकपुर,पाेखरा, भरतपुर, भैरहवा र नेपालगंज उडान गरिरहेकाे छ।
दुर्गम क्षेत्रमा उडान गर्न भगिन संस्थाकाे रुपमा तारा एयर स्थापना गरेकाे यतिले तुम्लिङटार र लुक्लामा पनि उडान गरिरहेकाे छ।