नेपालका रेष्टुरेन्ट ब्यवसायी गणेश ढकालले थाइल्याण्डले प्रदान गर्ने सिइओ लिडर अवार्ड २०१८ पाएका छन् ।
थाइ रानीको अवसर पारेर ६० वर्ष अघि स्थापना भएको तोनबोन भिसाका फाउन्डेसनले नेपालका ब्यवसायीलाई सो अर्वाड प्रदान गरेको हो । लामो समय थाइल्याण्डमा बसेर स्वदेश फर्किएका ढकालले नेपालमा थाइ रेष्टुरेन्ट संचालन गर्दै आएका छन् ।
नेपालमा थाइ रेष्टुरेन्ट खोलेर थाइल्याण्ड परिकारहरुका बारेमा नेपालीलाई जानकारी गराउन ढकालको भुमिका सराहनिय भएको भन्दै सो फाउन्डेसनले उनलाई अवार्ड दिएको हो ।
ढकालको महारागंज र जावलाखेलमा बान थाइ रेष्टुरेन्ट छ । अन्य रेष्टुरेन्टमा पनि उनको लगानी छ।