कतार एयरवेजले इन्डोनेसियाको जकार्ता तथा पलेम्बाङमा हुन गइरहेको १८ औँ एसियाली खेलकुदको ‘प्रेस्टिज पार्टनर’ रहने घोषणा गरेको छ।
आयोजकका अनुसार १८ अगस्टदेखि सेप्टेम्बर २ सम्म हुनेछ। खेलकुद महोत्सवमा ४५ सहभागी राष्ट्रका खेलाडीहरुलाई जकार्ता तथा पलेम्बाङमा निम्त्याई प्रतिष्ठित पुरस्कारहरुको लागि प्रतिस्पर्धा हुनेछ।
उक्त महोत्सवमा इन्डोनेसिया गणतन्त्रका उपराष्ट्रपति जुसुव काल्ला, कतार राज्यका राजदूत अहमेद बिन जसिम अल–हमार तथा एसियाली खेलकूद आयोजना समितिका अध्यक्ष एरिक थोइरको उपस्थिति रहने छ।
कतारको राष्ट्रिय विमानले अब रुसबाट एसिया तर्फ ध्यान केन्द्रित गरी आफ्नो नेटवर्क विस्तार गर्दै विश्वव्यापी सम्बन्ध मजबुत बनाउने योजना बनाएको छ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले महोत्सवको पार्टनर तथा आधिकारिक एयरलायन्स रहेर संसारभरका प्रशंसकहरुलाई खेलकूद प्रति एकताबद्ध गराउन पाउँदा खुसी लागेको बताए।