मधुवन फुडले कैलास यात्रामा जानेका लागि खानाको ब्यवस्था गर्ने निर्णय गरेको छ । भारत, चीन र नेपाल बीचको सहकार्यमा यात्रामा जाने यात्रुलाई ‘सात्वीक’ भोजन उपलब्ध गराउने छ ।
कम्पनीमा एसोसियसन अफ कैलास टुर अप्रेटर (एक्टोन)का प्रेसिडेन्ट र एमजी डाइरेक्टर एक्स्पोर कैलास टेक्स् प्रालिका प्रकाश श्रेष्ठ र मधुवन फुडका प्रबन्ध निर्देशक सुमितप्रताप गुप्ताले सयुक्तरुपमा सहकार्य गरेका छन्।
गतवर्ष, करिब २० हजार तिर्थयात्रुले मानसरोबरको यात्रा गरेका थिए । यो वर्ष बिगत १० हप्तादेखि निरन्तर चलिरहेको यात्रामा मधुवनले ६७ सय यात्रुलाई खानाको सेवा दिएको जानकारी दिएको छ।