तार एयरले जहाज थप गरेको छ। नेपालका दुर्गम क्षेत्रमा उडान गरिरहेको यति एयरको साहयक कम्पनी ताराले भाइकिङ ट्विनटर–४०० सिरिजको जहाज ल्याएको हो।
माल्दिभ्स भातरत हुँदै काठमाडौं अवतरण गरेको उक्त जहाज तारकै पाइलटले उडाएर ल्याएका थिए। एयरलाइन्सका अनुसार क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, रपवनसिंह नगरकोटी तथा ईन्जिनियर जगत लामाको टोली उडान दलमा रहेको थियो।
नेपाली दर्ता नम्बर 9N-ALO पाएको उक्त, जहाजबाट नेपालका दुर्गम क्षेत्रमा उडान गर्न सहज हुने र यसबाट पर्यटन क्षेत्रमा टेवा पुग्ने एयरलाइन्सको विश्वास छ।