शिवम् सिमेन्टले मकवानपुर बासीका लागि साउन १३ गतेदेखि आइपिओमा आवेदन खोल्ने भएको छ।
कम्पनीले पहिलो चरणमा मकवानपुर जिल्लाका सम्पूर्ण स्थानीयका लागि कुल ८ लाख ८० हजार कित्ता आइपिओ बिक्री गर्न लागेको हो। २ सय रुपैयाँ प्रिमियम थपिएको आइपिओका लागि प्रतिकित्ता ३ सयका दरले स्थानीयले आवेदन दिन सक्नेछन्।
बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार आइपिओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने छन्।
स्थानीयका लागि सि आस्बा अनिवार्य गरिएको छैन। यद्यपी सिआस्बाबाट आवेदन दिनेका आवेदन दिन चाहनेले मकवानपुर जिल्लामा रहेका सेन्चुरी बैंकका सम्पूर्ण कार्यालय तथा हटियास्थित उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै हेटौंडास्थित सिद्धार्थ बैंक, ज्योति विकास बैंक, गरिमा विकास बैंक, नेपाल बंगलादेश बैंकबाट आवेदन दिन सक्नेछन्। यसपछि कम्पनीले सर्वसाधारणका लागि आइपिओ जारी गर्नेछ।
शिवमले दैनिक ३ हजार टन सिमेन्ट तथा १९ सय टन क्लिङ्कर उत्पादन गर्दै आएको छ। कम्पनीले होङ्सी सिमेन्ट उद्योगमा पनि लगानी गरेको छ। सो उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने क्षमता छ। चैत मसान्तसम्म ९३ करोड नाफा कमाएको उसको वार्षिक प्रतिसेयर आम्दानी ३२ रुपैयाँ छ।