युवाहरुको नयाँ सोचलाई व्यवसायमा बदल्न प्रोत्साहन दिँदै ईन्डोनेसियाको राजधानी जार्कातामा ‘ग्लोबल इन्टर प्रेनरसीप बुटक्याम्प’ (जिइबी) सम्पन्न भएको छ।
उद्यमशिलता विकास, अनुसन्धान एवं व्यबसायिक बिस्तारको लागि उत्कृष्ट मानिएको यो बुटक्याम्पले युवाहरुको सोचलाई व्यावसायमा रुपान्तरण गर्न कोशेढुङ्गा सावित भएको जीइबीका संस्थापक अध्यक्ष खगेन्द्र आचार्यले बताए।
चार दिनसम्म चलेको कार्यक्रममा करिब ३५ राष्ट्रबाट १६० बढीको सहभागिता थियो। सो कार्यक्रमले उद्यमशिलतामा संलग्न ब्यक्तिहरुलाई उत्प्रेरणा दिन बल पुग्ने आचार्यले बताए।
कार्यक्रममा एमआइटी अमेरिकाका प्रो.राजेश नायर, फोब्र्स ३० अन्डर ३० का मिजानुर रहमान किरोन र लियोनिका सारी, जापानका प्रा.डा.ताकेशी मियाजाकी, वर्ल्ड ईकोनोमिक फोरमका डा. रिनाड सिउ, जस्ट ईट युकेका अरबपति अस अलि, सिङ्गापुर टेलिकम कम्पनीका डाईरेक्टर डोनाल्ड चाँग लगायतले आफ्नो उद्यम अनुभवबारे जानकारी गराएका थिए।