इन्स्टिच्यूट अफ चार्टर्ड एकाउन्टस् अफ नेपाल (आइक्यान)ले बोटलर्स नेपाललाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड प्रदान गरेको छ।
साधारण क्षेत्रतर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन २०१७ प्रस्तुत गरेकामा बोटलर्स नेपाललाई सम्मान गरिएको आइक्यानले जनाएको छ। बोटलर्स नेपाल गत वर्ष दोश्रो रनर अप भएकोे थियो।
राजधानीमा आयोजित एक कार्यक्रममा बोटलर्स नेपालका फाइनान्स कन्ट्रोलर अशोक मन्डल, प्रोक्युरमेन्ट म्यानेजर प्रकाश रुङगटा र प्रबन्ध निर्देशक पुनित भार्सनेले उक्त अवार्ड ग्रहण गरे। उक्त अवार्ड अर्थमन्त्री डा युवराज खतिवडाले प्रदान गरेका थिए।
बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित भार्सनेले यस सम्मानले भविष्यमा अझै राम्रो गर्ने हौसला मिलेको बताए। ‘अझै खुल्ला र पारदर्शी रुपमा काम गर्दै अगाडि बढ्न हौसला मिलेको छ’ उनले भने।