संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल संचालन गर्न सरोकारवाला निकायमा पत्राचार गरेको छ। विमानस्थल संचालनमा सहभागी हुने अन्य सरकारी निकायमा पत्राचार गरिएको मन्त्रालयले जानकारी दिएको छ।
गृह,अर्थ, श्रम, वाणिज्य तथा कृषि मन्त्रालयमा पत्राचार गरिएकाे हाे। अध्यागमन भन्सार प्रहरी जस्ता निकायलाइ तयारीकाे लागि पत्राचार गरिएकाे मन्त्रालयले बताएकाे छ।
मन्त्रालयका अनुसार आगामी वर्षभित्र विमानस्थल संचालन हुनेगरी तयारी अघि बढाइएको छ।
टर्मिनल भवनको छाना हाल्ने र धावनमार्गको कालोपत्रे गर्ने भौतिक काम बाँकी रहेको छ। वर्षायाम सकिए लगत्तै पिचको काम सुरु हुने आयोजनाले जानकारी दिएको छ। तर पनि विमानस्थल संचालनका लागि आवस्यक अन्य इक्युपमेन्टको जडान र मोडालिटीको बारेमा भने सरकारले टुंगो लगाएको छैन।
पर्यटन मन्त्री रविन्द्र अधिकारीले यसअघि नै उक्त विमानस्थल संचालनको जिम्मा निजी क्षेत्रलाई दिने घोषणा गरिसकेका छन्।