सरकारले नेपाली सेनासँग मिलेर बन्द रहेको हेटौंडा कपडा उद्योग फेरि संचालन गर्न सयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको छ।
उद्योग मन्त्रालय र नेपाली सेनाको सयुक्त बैठकले कार्यदल बनाएर उद्योगको वर्तमान अवस्था र संचालनको मोडालिटीबारे अध्ययन गर्ने निर्णय गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवको अध्यक्षतामा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापासहितको उक्त बैठकले नेपाली सेना र मन्त्रालयका तर्फबाट सहभागी हुने उक्त समितिले उद्योगको मिल मेशिनरी र पूर्वाधारको अवस्था, उद्योग संचालनको मोडालिटी, लगानीको मोडालिटी, हाल उद्योगको आर्थिक प्राविधिक तथा कानूनील पक्ष र उद्योग संचालन लागतको बारेमा अध्ययन गर्ने मन्त्री यादवको सचिवालयबाट जारी विज्ञप्तिमा जनाइएको छ।
समितिमा छलफलमा नेपाली सेनाबाट मेकानिकल, मार्केटिङ्ग र टेक्सटाईल सम्वन्धी ज्ञान भएका तीन जना अधिकृत स्तरका कर्मचारी, मन्त्रालयको तर्पmबाट प्रशासन तथा संस्थान महाशाखाका प्रमुख र मेकानिकल ईन्जिनियर, अर्थ मन्त्रालयका संस्थान समन्वय शाखाका उपसचिव र विज्ञको रुपमा मन्त्रालयबाट मनोनित एकजना मेकानिकल ईन्जिनियरसहति ७ जना रहने छन्।
कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाउने छ।