सनप्ले नेचर सनस्कृन क्रिम बजारमा आएको छ। रोह्टो मेन्थोलिटमद्वारा विकसित यो क्रिम यूभी प्रोटेक्टयुक्त रहेको कम्पनीले जनाएको छ।
यसले छालामा पोषण प्रदान गर्ने, यो उत्पादन ब्रान्डको प्रमुख ३ यूएसपीमा आधारित रहेको कम्पनीले जनाएको छ।
एसपिएफको मात्रा ५० भन्दा माथि रहेको छ। यसमा रहेको सो एसपिएफको मात्राले घामबाट सुरक्षा दिन्छ।
दिनभर घाममा बस्ने भए प्रत्येक २ घण्टामा यो लगाउनु पर्ने र यसले ९८ प्रतिशत घामको हानिकारक विकिरणबाट बचाउँने कम्पनीको भनाइ छ।