नेपालमा उत्पादन गरिएका पश्मिनाले चिनियाँ बजार पाउने भएका छ। प्रधानमन्त्रीको भ्रमणमण्डलमा चीनमा रहेका नेपालका पश्मिना व्यवासयीसँग चीनियाँ अधिकारीले नेपाली पश्मिनालाई चिनियाँ बजार उपलब्ध गराउने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ।
नेपाल पस्मिना उद्योग संघ र ओबोर परियोजनाअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेटफर्मबीच दुईलाखदेखि पाँचलाख थान पस्मिना खरिदका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो।
संघका अध्यक्ष दुर्गाविक्रम थापा र चिनियाँ ओबोर अन्तर्राष्ट्रिय व्यापार परियोजनाका अध्यक्ष शु या बीच सो समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार नेपाली पश्मिना चिनियाँ बजारमा सहज जाने छ।