आन्तरिक हवाई सेवा प्रदायक श्री एयरलाइन्सले एउटा जहाज थप गरेको छ। श्रीले आन्तरिक उडान संख्या बढाउन बम्बार्डियरको सिआरजे–७०० मोडलको जहाज आज काठमाडौं ल्याइपु¥याएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति कुर्दै दिल्लीमा रहेको जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको श्री एयरलाइन्सका म्यानेजर अनिल मानन्धरले जानकारी दिए।
७० सिट क्षमता भएको उक्त जहाजको नेपाली दर्ता नम्बर(कलसाइन नाइन एन एमओ’ रहेको छ।
हाल ३ वटा जेट विमानबाट आन्तरिक उडान गरिरहेको श्रीले जहाज थप गरेसँगै उडान गरिरहेका रुटमा संख्या थप गर्ने योजना बनाएको छ। उसले राजविराजमा उडान सुरु गर्ने भएकाे छ।
भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा दैनिक उडान गरिरहेको श्रीसँग ७० सिट भएका सिआरजे ७०० र ५० सिट क्षमताका सिआरजे ५०० सिरिजका २/२ जहाज भएका छन्।