भद्र सहमतिमार्फत व्याजदरको सीमाभित्र रहेका बैंकहरुको सो सहमति तोडिएसँगै प्रतिस्पर्धामा उत्रिएका छन्।
यसै क्रममा सेञ्चुरी कमर्सियल बैंकले व्यक्तिगत ग्राहकहरुलाई उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना सञ्चालनमा ल्याएको छ।
बैंकले ३ महिनादेखि ६ महिना सम्मको मुद्दती खाताको लागि वार्षिक ब्याजदर १२ प्रतिशत र ६ महिना देखि १ वर्ष सम्मको मुद्दती खाताको लागि साढे १२ प्रतिशत दिनेगरी दुई नयाँ योजना ल्याएको हो।