एप्पल वर्ल्डमा पुरानोसँग नयाँ मोबाइल साट्ने अफर, ६० प्रतिशतसम्म छुट


दरबारमार्गस्थित एप्पल वर्ल्ड मोबाइलले पुरानो फोन साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर सुरु गरेको छ।

यस अघिका अफरहरु माग्राहकको उत्साहजनक उपस्थिति देखिएको भन्दै उसले २ साताका लागि एक्स्चेञ्ज अफर सुरु गरेको हो। यसबाट मोबाइल सट्टापट्टागर्न चाहनेहरुलाई राहत पुग्ने प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए।

ग्लाइडरका अनुसार जेठ ३ गतेदेखि १७ गतेसम्म एक्स्चेन्ज अफर सञ्चालन हुनेछ।

साथै खरिद गर्नेहरुलाई विभिन्न मोडलका फोनमा ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.