ह्विलपुल कर्पोरेशनका उत्पादन नेपाली बजारमा आएको छ।
काठमाडौँस्थित केरोना ट्रेडलिङ्क प्रालिसँगको सहकार्यमा ह्विलपुलका घरायसी सामानहरु बजारमा आएको हो। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ह्विलपुल कार्पोरेशन र ट्रेडलिङ्कबीचको सहकार्यको घोषणा गरियो।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ह्विलपुल थ्रि डि इन्भर्टर एयर कन्डिसन सार्वजनिक गरे।
सो ब्राण्डका इन्भर्टर, एसि, डिप फ्रिज, माइक्रो ओभन, वाशिङ मेशिन लगायतका सामानहरु बजारमा बिक्री हुँदै आएको छ।
यी सामान सस्तो र गुणस्तरीय रहेका कारण उपभोक्ताहरुले मन पराउने केरोना ट्रेडलिङ्ककी एमडि दाहाल चापागाईँ तथा सिइओ प्रनिल थापाले बताए।
कार्यक्रममा नेपाली कांग्रेसका युव नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापा, राष्ट्रिय सुचना आयोगका आयुक्त यशोदा तिमल्सिना, बैंकर्स अनिल शाह, कलाकारहरु झरना थापा, निर्मल शर्मा, आकाश अधिकारीका साथै उद्योगी व्यवसायी र पत्रकारहरुको पनि उपस्थिति थियो।